" सीपमूलक शिक्षा, हाम्रो प्रतिवद्धता "

हल्चोक माध्यमिक विद्यालय

वि.सं. २०३९ देखि शिक्षा प्रदान गर्दै ....

थप हेर्नुहोस्

"सक्षम जनशक्ति निर्माण, हाम्रो अभियान।"

व्यावहारिक ज्ञान र गुणस्तरीय शिक्षा

उज्ज्वल भविष्यको बलियो आधार

थप हेर्नुहोस्
saraswati

शुक्लां ब्रह्मविचारसारपरमामाद्यां जगद्व्यापिनीं ।
वीणा-पुस्तक-धारिणीमभयदां जाड्यान्धकारापहाम् ॥१॥
हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थिताम् ।
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम् ॥२॥

सरस्वती मया दृष्टा, वीणा पुस्तक धारिणी ।
हंस वाहन संयुक्ता विद्यादानं करोतुमे ॥३॥

कार्यक्रमहरु

कार्यक्रमहरु

बालविकास, आधारभूत कक्षा, माध्यमिक कक्षा, संस्कृत गुरुकुल

शिक्षक एवं कर्मचारी

शिक्षक एवं कर्मचारी

हामीसँग अनुभवी एवं योग्य शिक्षकहरू छन् जो विद्यार्थीहरूको शैक्षिक वृद्धि र व्यक्तिगत विकासलाई प्रोत्साहन गर्न उत्साहित एवं सक्षम छन्।
mission-vision

ध्येय एवं उद्देश्य

Mission & Vision

प्राचीन वैदिक संस्कार र आधुनिक प्राविधिक शिक्षाको सङ्गम: विद्यार्थीहरूलाई दक्ष, व्यावहारिक र सफल बनाउने हाम्रो प्रतिबद्धता।

सुविधाहरु

Facilities/ECA

विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, स्मार्ट कक्षाकोठा, शैक्षिक एवं खेलकुद सामग्रीहरु, अतिरिक्त क्रियाकलापहरु आदि ...

प्रधानाध्यापकको कलमबाट

principal_Gyanada
नमस्कार

संघीय लोकततान्त्रिक गणतन्त्र नेपालको संघीय राजधानी काठमाण्डौं जिल्लाको पश्चिममा अवस्थित जिल्ला कै ऐतिहासिक मन्दिर हल्चोक भैरवको नामबाट नामाकरण गरिएको यस विद्यालय २०३७ सालमा एस.सी.आई. नामको क्लबको सक्रियतामा तत्कालिन इचङ्गु नारायण गा.वि.स. (हाल नागार्जुन न.पा. वडा नं. ३) हल्चोकमा एक कोठाको भवन निर्माण गरी यस क्षेत्रमा स्थायी बास गर्ने जनजातीहरु (पुतुवार, नगरकोटी,राजबाहक) का छोराछोरीहरुलाई सामान्य साक्षर बनाउने उद्देश्य लिएर पाठशालाको रुपमा स्थापना गरएको थियो । तत्कालिन प्रधानपञ्च स्वर्गीय भक्त बहाहादुर लामा र प्रधानाध्यापक श्री केशव नेपालको सक्रियतामा आवश्यक प्रकृया पुरा गरी २०३९ साल फागुन १ गते बाट पाठशालाको रुपमा स्थापित विद्यालय नै हालको श्री हल्चोक माध्यमिक विद्यालय हो ।

 ज्ञानदा आचार्य अधिकारी

प्रधानाध्यापक

principal_Gyanada

उपलब्ध

भौतिक पूर्वाधार/सुविधाहरू

कम्प्युटर प्रयोगशाला

विद्यार्थीहरूको प्राविधिक दक्षता अभिवृद्धि गर्न यस विद्यालयमा द्रुत गतिको इन्टरनेट र नवीनतम सफ्टवेयरसहितका कम्प्युटरहरुले युक्त अत्याधुनिक कम्प्युटर प्रयोगशाला सञ्चालमा रहेको छ ।

विज्ञान प्रयोगशाला

हाम्रो विज्ञान प्रयोगशाला भौतिक शास्त्र, रसायन शास्त्र र जीव विज्ञानका प्रयोगहरू सम्पन्न गर्न आवश्यक औजार, उपकरण र सुरक्षाका उपायहरूले पूर्ण रूपमा सुसज्जित छ।

पुस्तकालय

विद्यार्थीहरूको ज्ञान अभिवृद्धिका लागि हाम्रो पुस्तकालयमा विभिन्न विधाका पुस्तकहरू, सन्दर्भ ग्रन्थहरू र विद्युतीय (डिजिटल) स्रोतहरूको अनुपम संग्रहका साथै अध्ययनका लागि एक शान्त र सुसज्जित वातावरणको व्यवस्था गरिएको छ।

शैक्षिक सामग्रीहरु

विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि कक्षाकोठामा परम्परागत ग्रन्थदेखि आधुनिक प्रविधिसम्मका विविध शैक्षिक सामग्रीहरू प्रयोग गरिँदै आइएको छ ।

शैक्षिक भ्रमण

पुस्तकीय ज्ञानलाई व्यवहारमा उतार्न र विद्यार्थीहरूलाई विविध क्षेत्रको प्रत्यक्ष अनुभव गराउनका लागि हाम्रो विद्यालयले समय-समयमा अवलोकन तथा शैक्षिक भ्रमणको व्यवस्था गर्दै आएको छ।

प्रविधिमैत्री कक्षाकोठा

हाम्रा डिजिटल कक्षाकोठाहरू इन्टरएक्टिभ स्मार्ट बोर्ड, प्रोजेक्टर र मल्टिमिडिया जस्ता आधुनिक प्रविधिहरूले सुसज्जित छन्।

welcome

रोजाइमा हामी

हलचोक मा.वि. नै किन ?

welcome

हलचोक माध्यमिक विद्यालय आधुनिक एवं प्रविधिमैत्री  शिक्षामा अग्रसर एक अग्रणी शैक्षिक संस्था हो। हामी विद्यार्थीहरूलाई संस्कारयुक्त शिक्षा, अत्याधुनिक डिजिटल कक्षाकोठा र व्यावहारिक ज्ञानको माध्यमबाट दक्ष एवं चरित्रवान् नागरिक बनाउन प्रतिबद्ध छौँ।

ज्ञानदा आचार्य अधिकारी

ज्ञानदा आचार्य अधिकारी

प्रधानाध्यापक
प्रदिप आचार्य

प्रदिप आचार्य

सहायक प्रधानाध्यापक
(सूचना अधिकारी)
9851167341
नमूना श्रेष्ठ

नमूना श्रेष्ठ

लेखापाल
निर्मला दुवाडी

निर्मला दुवाडी

उ.मा.शि. गणित

परिचय

नागार्जुन–३, हल्चोक, काठमाडौँमा अवस्थित हल्चोक माध्यमिक विद्यालय, आधुनिक प्रविमैत्री एक प्रतिष्ठित विद्यालय हो। हामी हाम्रा  विद्यार्थीहरूलाई व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष एवं चरित्रवान् नागरिक बनाउन समर्पित छौँ।

थप जानकारी

विद्यालयको बारेमा

सुविधाहरु

लक्ष्य तथा उद्देश्य

शिक्षक कर्मचारी विवरण

जोडिनुहोस्

डाउनलोड

विद्यालय सुधार योजना

लाइब्रेरी

सम्पर्कः

© 2026 Halchowk Secondary School